Monday, August 1, 2022

गुदेल शेर्पा किदुगको टुक्पा छेचु कार्यक्रम सम्पन्न

सोलुखुम्बू महाकुलुङ गाउँपालिका वडा नं ४ बस्ने 
श्री देन्डी शेर्पा तथा श्रीमति लाक्पा दिकी शेर्पा ज्यूलाई गुदेल शेर्पा किदुग छोक्पाबाट टुक्पा छेचु आयोजना गर्नु भएकोमा संस्थाको तर्फबाट धेरै धेरै धन्यवाद थुक्चेछे 
आगामि दिनमा यहाँहरूको उज्वल भविष्यको कामना व्यक्त गर्दछौं अध्यक्ष तथा सम्पूर्ण गुदेल शेर्पा किदुग परिवार

Monday, June 17, 2019

सँस्थाको सम्पूर्ण सदस्य ज्युहरुलाई प्रत्येक आर्थिक बर्षको चैत्र मसन्त सम्ममा आफ्नो सदस्यता कार्ड नविकरण गरि सक्न हुन सबैलाई हार्दिक अनुरोध गर्दछौं ।



सचिब
9842949847
गुदेल शेर्पा किदुग समाज ।


x


Monday, September 24, 2018

हार्दिक बधाई तथा शुभकामना ।

हार्दिक बधाई तथा शुभकामना ।।

यही मिति २०७५ असोज ३ गते 
संबिधान दिवसको पावन अवसरमा सम्मानीय राष्ट्रपति बिद्या देबी भण्डारी ज्युबाट ताप्लेजुङ निबासी 
तपाई उदघोषिका तथा समाजसेबी शुश्री याङजोम शेर्पा प्रबल जनसेवा श्री द्घारा 
बिभुषणको लागी छनोट हुनु भएकोमा हार्दिक बधाई ज्ञापन 
गर्दै थप उतरोतर प्रगतिको शुभकामना ब्यक्त गर्दछौँ । 

अध्यक्ष 
लाक्पा तेन्जी शेर्पा तथा 
सम्पुर्ण गुदेल शेर्पा किदुग समाज परिवार । 

Congatulations !


Saturday, August 4, 2018

गुदेल शेर्पा किदुक समाजको ब्लग संचालन सम्बन्धि सुचना

                      आदर्णिय यस गुदेल शेर्पा किदुक समाजका संरक्षक ज्युहरु, सल्लाहकार ज्युहरु, आजीवन तथा सम्पुर्ण साधारण सदस्य ज्युहरु साथै गुदेललाई जन्मथलो बनाएर विभिन्न देश तथा बिदेशमा छरिएर रहनुहुने गुदेलबासि आमाबुबा दाजुभाई तथा दिदीबहिनीहरु र सम्पुर्ण सरोकारवाला,सहयोगी तथा  शुभचिन्तक ज्युहरु सबैमा न्यानो नमस्कार !

                      सर्बप्रथम गुदेल शेर्पा किदुक समाजले आफ्नो हरेक गतिविधिहरुलाई दस्ताबेज गर्दै, देश तथा बिदेशमा छरिएर रहनु भएका सरोकारवाला तथा शुभचिन्तक ज्युहरु संग थप सुचना आदानप्रदान गर्न सहाज होस् भन्ने हेतुले गुदेल शेर्पा किदुक समाजको  आफ्नो यो आधिकारिक ब्लग संचालनमा ल्याएको सम्पुर्णमा जनाकारी गराउदा छौ  

                     यस किदुकलाई यो उचाई सम्म पुर्याउन तन, मन र धन लगाएर साथ र सहयोग गर्नु हुने सम्पूर्ण सहयोगी हातहरु प्रति हार्दिक आभार प्रकाट गर्दछौ र यी सहयोगी हातहरु आगामी दिनहरुमा पनि निरन्तर पाईरहनेछ भन्नेमा हामि ढुक्का छौ, साथै यहाँहरुको यस संस्था प्रति कुनै सल्लाह, सुझाब र गुनासो रहेमा हामीलाई प्रतिक्रिया पठाउन हार्दिक बिनम्र अनुरोध गर्दछौ  

धन्यबाद !